२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २७ गते हुने

अजय बम २०७७ मंसिर २८ गते १८:१५

काठमाडौं । पल्सर स्पोर्टस अवार्डको १७ औं संस्करण पुस २७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।

आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलनमार्फत एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०७६ को मिति सार्वजनिक गरेको हो । कोरोना महामारीका कारण सरकारले लागू गरेको स्वास्थ्य मापदण्डलाई ध्यानमा राखेर कार्यक्रम सेमिभर्चुअल माध्यमबाट सञ्चालन गरिने आयोजकले जनाएको छ ।

२०६२ सालदेखि नियमित रुपमा खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको प्रतियोगिता भुकम्पका कारण २०७२ सालमा एक संस्करण स्थगित भएको थियो ।

गत वर्ष सागको आयोजना र नेपाली खेलाडीले प्राप्त गरेको सफलताले समेत यस वर्ष अवार्ड गर्ने निष्कर्शमा पुगिएको मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले बताउनुभयो । यस वर्ष अवार्ड अन्तर्गत १० विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित