तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारहरुको कोरोना बीमा बापतको रकम हस्तान्तरण

सुनसरी । सुनसरीका पत्रकारहरुको लागि गरिएको कोरोना बीमा बापतको रकम कोरोना संक्रमण भई निको भएका पत्रकारलाई हस्तान्तरण गरेको छ ।

नेपाल प्रेस युनियन सुनसरीले गत जेष्ठमा आइ एम इ जनरल इन्स्योरेन्स लिमिटेड काठमाडौं मार्फत गरिएको कोरोना बिमा अन्तर्गत आइतवार दोश्रो चरणको कोरोना बीमा वापतको रकम ६ जना पत्रकारलाई बितरण गरेको हो ।

बीमा कम्पनी र प्रेस युनियन सुनसरीले संयुक्त रुपमा कोरोना बीमा वापतको एक–एक लाख रुपियाँ नगद हस्तान्तरण गरेको युनियनका जिल्ला अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीले दिएको जानकारी अनुसार पीडित पत्रकारहरु केदार बस्नेत, भोजराज श्रेष्ठ, आशिष यादव, महेश गुरागाई, बिजय पराजुली र रमेश कुमार राईलाई जनही एक लाख रुपियाँको दरले ६ लाख रुपियाँ हस्तान्तरण गरिएको हो ।

बिमा ब्यावस्थापन समिती संयोजक एवं प्रेस युनियन सुनसरीका पुर्व अध्यक्ष कृष्ण अधिकारी सहित पुर्व अध्यक्षहरु गणेश निरौला,पत्रकार महासङ तेह्रथुमका पुर्व अध्यक्ष महेन्द्र काफ्ले सहित बिमा कम्पनीप्रति हार्दिक कृतज्ञता व्यक्त गरेको थियो ।

बाँकी रहेका पत्रकारहरुलाई कोरोना बिमाको रकम भुक्तानी पुसको पहिलो सात्ता गर्ने तयारी गरेको अधिकारीको भनाई रहेको छ । कोरोना बीमा रकमले उपचार, खाद्यान्न सहित अब बाँकी रहेको रकम उत्पादनमूलक कार्यमा लगाउने कोरोना संक्रमण भई निको भएका पत्रकारहरुले बताएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button