२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीमा पेट्रोलियम पदार्थसहित तीन जना पक्राउ

उत्सव आचार्य २०७७ मंसिर २८ गते १६:५७

सप्तरी । सप्तरीमा आज नेपाल–भारत सिमा क्षेत्रबाट पेट्रोलियम पदार्थसहित तीन जना पक्राउ परेका छन् । पकाउ पर्नेमा छिन्नमस्ता गाउँपालिकाका सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डल रहेका छन् ।

सूचनाको आधारमा खटिएको प्रहरी टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाट दुई वटा मोटरसाईकल र एउटा साईकलमा गरी एक सयभन्दा बढी लिटर डिजलसहित नियन्त्रणमा लिएको हो ।

पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनामाथि कानूनी प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले जानकारी दिनुभयो ।

सम्बन्धित