तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा भीरबाट खसेर एक जनाको मृत्यु

अछाम । अछाममा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ । कमलबजार नगरपालिका वडा नम्बर ६ बिरपथ स्याउले निवासी नवराज भण्डारीको भीरबाट खसेर मृत्यू भएको हो ।

६५ बर्षिया भण्डारीको आज घाँस काट्ने क्रममा खसेर मृत्यु भएको मृतकका छोरा चेतराज भण्डारीले जानकारी दिनुभयो ।

आज बिहान करीब १० बजे सान्नेखोला भन्ने ठाउँमा घाँस काट्दै गर्दा खसेका भण्डारी लाई घरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button