तपाईँ सुन्दै हुनुहुन्छः

मंगलसैन नगरपालिकामा अर्को सुचना नआएसम्मका लागि शिल कायम

अछाम । मंसिर २० गतेदेखि २७ गतेसम्म पुर्ण रुपमा नगरपालिका शिल गरेको अछामको मंगलसेन नगरपालिकाले पुनः सेवा प्रवाह सम्बन्धि अर्को सुचना नआएसम्मका लागि नगरपालिका शिल कायम रहेको जनाएको छ।

दैनिक रुपमा बजार क्षेत्रमा हुने आवात जावात तथा कार्यालयबाट हुने सार्वजनिक सेवा प्रवाहले संक्रमण फैलिने दर बढ्न सक्ने सम्भावनालाई ध्यानमा राखि आईतबारबाट लागू हुने गरि शिल अवधि थपिएको नगरपालिकाका सुचना अधिकारी बिष्णु प्रसाद जैसीले बताउनु भयो ।

नगरपालिका शिलको अवधिमा नगर क्षेत्र भित्रका सम्पुर्ण शैक्षिक संस्था पुर्ण रुपमा बन्द गर्ने, बजार क्षेत्र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खुल्ला गर्न दिने, कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवा अत्यावश्यक सेवाहरु उपलब्ध कर्मचारीबाट प्रवाह गरिने भएको छ।

अन्य सार्वजनिक कार्यालय र अन्य बैँक तथा वीत्तिय संस्थाहरु आन्तरिक व्यवस्था अनुसार निश्चित समय निर्धारण गरि सेवा प्रवाह गर्न निर्देशन भएको जैसीले बताउनु भयो ।

यस अवधिमा कोभिड १९ सम्बन्धि सेवाहरु, स्वास्थ्य सेवा, विपद व्यवस्थापन सम्बन्धि सेवा निरन्तर जारी रहने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button