तपाईँ सुन्दै हुनुहुन्छः

अनलाइनको माध्यमबाट रेडियो नेपालको पहुँच वृद्धि गर्नुपर्छ : सञ्चार सचिव

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा रेडियो नेपाल सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नयाँ प्रविधिको प्रयोग गरेर रेडियो नेपालले आफ्नो प्रसारण क्षेत्रको विकास र विस्तार गर्नुपर्नेमा जोड दिनुभएको छ ।

काठमाडौँस्थित सिंहदरबारमा आजदेखि सुरु भएको रेडियो नेपालको अनलाइन समाचार सम्बन्धी कार्यशालाको उद्घाटन गर्दै सचिव बस्यालले रेडियो नेपालले सूचना प्रवाहको ऐतिहासिक कार्यलाई विश्वसनीय र उदाहरणीय बनाउन समेत निर्देशन दिनुभयो ।

रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले अनलाइन माध्यमको बढ्दो लोकप्रियतालाई ग्रहण गर्दै रेडियो नेपालको पहुँच अझै वृद्धि गर्दै लैजाने बताउनुभयो ।

कार्यकारी निर्देशक केसीले रेडियो नेपालको अनलाइन न्युज पोर्टलको पहुँच वृद्धि गर्न कार्यशाला फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

पुष ३ गतेसम्म सञ्चालन हुने कार्यशालामा रेडियो नेपालका २१ जना सञ्चारकर्मी र प्राविधिक सहभागी रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button