तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु

कैलाली । कैलालीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ ।

जिल्लाको गोदावरी नगरपालिका–१ की ७५ बर्षीया महिलाको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको हो ।

मङ्सिर २१ गते कडा प्रकारको निमोनियासहित सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी महिलाको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा उनको अस्थायी कोरोना अस्पतालमा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button