तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का ५२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा आज विहान मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि मंसिर २४ गते पिसिआर परिक्षण गराएका उनमा २५ गते कोरोना पुष्टि भएको थियो । उनी २६ गते भेरी अस्पताल भर्ना भएका थिए । कडा खालको कोभिडका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । अब बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button