तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री नेम्बाङलाई सडक स्तरोन्नतिका लागि भद्रपुरको आग्रह

झापा– मेची पूल निर्माण भइसकेको र सो पूलबाट अयात–निर्यात पनि बढ्दै गएकोले उक्त सडकखण्डको आवश्यकता र महत्व पनि बढेकाले जतिसक्दो चाँडो स्तरोन्नति गरिदिन आग्रह गरिएको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।

मन्त्री नेम्बाङलाई लिखित प्रस्ताव पेश गरिएको नगरपालिकाकी सञ्चार संयोजक गंगा बरालले जानकारी दिनु भयो । त्यस्तै भद्रपुर ७ स्थित वीरेन्द्र माबिमा योग तथा आयुर्वेदको नमुना बिद्यालय कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिदिन पनि मन्त्री नेम्बाङलाई आग्रह गरिएको बताइएको छ ।

मन्त्री नेम्बाङको स्वागतार्थ विमानस्थलमा प्रतिनिधिसभा सांसद एलपी साँवा, नेकपा भद्रपुर नगर अध्यक्ष शिबकुमार राजभण्डारी, नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय महासचिव सुवास भट्टराई, होमबहादुर थापासमेतको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button