तपाईँ सुन्दै हुनुहुन्छः

दाङको देउखुरीमा एक व्यक्तिको शव फेला

 

दाङ । दाङको देउखुरीमा एक व्यक्तिको शव फेला परेको छ ।  दाङ लमही नगरपालिका वडा नम्बर ९ अमिलियामा सल्यान जिल्ला कपुरकोट गाउँपालिका सिस्नेरीका अन्दाजी ३० वर्षीय नवीन रोका क्षेत्रीको शव फेला परेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक मखी बहादुर घर्ती मगरले जानकारी दिनु भयो ।  स्थायी घर सल्यान भए पनि मृतक रोका क्षेत्री केही समयदेखि अमिलियामा ज्यामी काम गर्दै आउनु भएको थिए ।

शुक्रबार करिब राति ९ –१० बजे काम गरेर राति फर्किँदै गर्दा खानेपानीको पाइप बिछ्याउने नालीमा खसेर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरी निरीक्षक घर्ती मगरले बताउनु भयो ।

मृतकका आफन्तलाई सम्पर्कमा ल्याउने काम भइरहेको प्रहरीले जनाएको छ । मृतकको शवलाई पोस्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने अमिलिया प्रहरीको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button