तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नोटसहित एक भारतीय नागरिक पक्राउ

सुनसरी । विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको प्रहरी टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने १ जनालाई भारतीय नोटसहित पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँया सहित पक्राउ गरिएको हो ।

प्रहरीले उनको साथबाट ५०० को नोट ३९० थान, २००० को नोट २ थान बरामद गरेको भारतीय रुपैँयासहित पक्राउ परेका लाई ईलाका प्रहरी कार्यालय रानीले थप अनुसन्धान गरिरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button