तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा भूकम्पको धक्का

file photo

डोटी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला डोटीमा ३।७ रेक्टर स्केलको भूकम्प गएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारीअनुसार आज दिउँसो १ बजेर ३५ मिनेटमा सुदूरपश्चिमको पहाडी डोटी र बझाङ जिल्लाको सीमा क्षेत्रमा केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

भूकम्पले घर निकै हल्लाएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाले जानकारी दिनुभयो । भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महसुस गराएको बताइएको छ । भूकम्पको धक्काले निकै हल्लाएपछि डोटीको दिपायल तथा सिलगढीका नागरिक कोलाहल गर्दै घर बाहिर निस्किएका थिए ।

भूकम्पका कारण अहिलेसम्म कुनै पनि ठाउँमा क्षति भएको खबर प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button