तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल पत्रकार महासंघ धनुषाको ११ औं साधारण सभा सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासंघ धनुषाको ११ औं साधारण सभा आज जनकपुरधाममा सम्पन्न भएको छ ।

विभिन्न समसामयिक तथा सार्वजनिक महत्वको प्रस्तावहरु पारित गरेर महासंघको साधारण सभा सम्पन्न भएको छ । बैठकमा सचिव पुरन साहले पेश गर्नुभएको सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष अवधेश कामतले पेश गर्नु भएको लेखा परीक्षण प्रतिवेदन सभाले पारित गरेको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रेस स्वतन्त्रता सेनानी एवं बरिष्ठ पत्रकार राजेश्वर नेपालीले जनकपुरको पत्रकारिताको ईतिहास निक्कै गौरवपूर्ण भएको बताउदै यसलाई अहिलेको यूवा पुस्ताले अगाडी बढाएकोमा खुशी व्यक्त गर्नु भयो ।

उहाँले नयाँ पत्रकारहरु मध्ये केही पत्रकारहरुमा चाकडी प्रवृत्ति बढ्नु दुःख भएको बताउदै जनताको पक्षमा निष्पक्ष, सत्य तथ्य समाचार सम्प्रेषण गर्नका लागि आग्रह पनि गर्नु भयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव शितल महतोले नेपाल पत्रकार महासंघको ईतिहासमा अब हुने महाधिवेशनवाट प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत पदाधिकारीहरुको चुनाव हुन लागेको बताउनु भयो ।

महासंघका केन्द्रीय कोषाध्यक्ष राजेश मिश्रले पत्रकारिता क्षेत्रमा आएको चुनौतीहरुको सामना गर्नका लागि महासंघले कामकाज गरिरहेको बताउदै कोरोनाका कारणले धेरै पत्रकारहरुलाई अवकाश दिने काम गरेको र त्यस्ता पत्रकारलाई पुनः स्थापित गर्नका गृहकार्य गरिरहेको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button