तपाईँ सुन्दै हुनुहुन्छः

उपभोक्ता संरक्षण कार्यालयद्वारा निजगढ बजारको अनुगमन

बारा । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साले आज बाराको निजगढ बजारको अनुगमन गरेको छ । अनुगमनको क्रममा ४ वटा पसललाई रु ६५ हजार रुपैया जरिवाना गरेको छ ।

जरिवाना हुने पसलहरुमा निजगढ नगरपालिका वडा नं.८ स्थित प्रमोद किराना पसल, वडा नं.९ स्थित मुकेस किराना पसल, न्यु स्टायन्डर पाउरोटी उद्योग र न्यु सोना फर्निचर एण्ड हार्डवेयर रहेका छन् ।

प्रमोद किराना पसल, मुकेस किराना पसल र न्यु सोना फर्निचर एण्ड हार्डवेयरले खरिद बिल देखाउन नसकेका कारण जनही रु २०–२० हजार र न्यु स्टायन्डर पाउरोटी उद्योगले अनुगमन प्रक्रियामा अवरोध सिर्जना गरेकाले रु ५ हजार जरिवाना गरिएको बाणिज्य कार्यालयका सुचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button