तपाईँ सुन्दै हुनुहुन्छः

१७ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि अछाममा जिल्ला अस्पताल ‘सिल’

अछाम  –  अछाममा जिल्ला अस्पतालका १७ जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि अस्पताल अनिश्चितकालका लागि सिल गरिएको छ ।

विभिन्न समयमा गरिएको पीसीआर परीक्षणमा कर्मचारीहरूको रिपोर्ट पोजेटिभ देखिएपछि अस्पतालले शुक्रवारदेखि अनिश्चितकालका लागि अस्पताल ‘सिल’ गरेको हाे ।

अस्पतालले आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको अस्पतालका नि.मेडिकल सुपरिटेन्डेन्ट डा. मनोज विष्टले बताउनुभयो । सङ्क्रमित कर्मचारीहरू होम आइसोलेसनमा रहेको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमा ल्याबका सम्पूर्ण कर्मचारीमा समेत कोरोना पोजेटिभ देखिएकाले अर्को व्यवस्था नहुँदा सम्म प्रसूति सेवा समेत बन्द गरिएको अस्पतालले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गाना, सूचना अधिकारी देव जोशीलगायतलाई पनि कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

अस्पताल अनिश्चितकालका लागि ‘सिल’ भएपछि बिरामीलाई भने समस्या हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button