२०७८ साल मंसिर १७ गते शुक्रबार

तपाईँ सुन्दै हुनुहुन्छः

सत्य, निष्पक्ष र पारदर्शी सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व : मन्त्री गुरुङ

बिद्या प्रसाद उपाध्याय २०७७ मंसिर २७ गते १५:२८

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पार्टी भित्रैबाट सरकारलाई असहयोग भएको बताउनुभएको छ ।

आर्थिक पत्रकार सङ्घ (नाफिज)को आज काठमाडौँमा आयोजित पाँचांै महासभाको समापन कार्यक्रममा मन्त्री गुरुङले मुलुकलाई अस्थिरता तिर धकेल्न बाहिरी तत्त्व र पार्टी भित्रैबाट समेत चलखेल सुरु भएको भन्नुहुँदै असन्तुष्टि त्यागेर मुलुकको हितमा काम गर्न सबै एक जुट हुनुपर्नेमा जोड दिनुभयो ।

मन्त्री गुरुङले सभ्य र सुसंस्कृत समाज निमार्णमा पत्रकारिताको महत्त्वपूर्ण भूमिका हुने भएकाले सत्य, निष्पक्ष र पारदर्शी सूचना सम्प्रेषण गर्नु पत्रकारको दायित्व भएको बताउनुभयो ।

Image may contain: 4 people, people standing, text that says 'संघ (नाफिज) nalists (NAFIJ) नेपाल आर्थिक पत्रक Nepalese Association of पाँचौ म कार्की व्यांक्वेट, ২७ भा XCK'

मन्त्री गुरुङले पत्रकारिताको नामबाट हुने गरेका विकृति र बिसङ्गतिहरुलाई अन्त्य गर्दै पत्रकारहरू नैतिक र व्यवसायीक बन्नुपर्नेमा जोड दिनुभयो । मन्त्री गुरुङले सूचना सम्प्रेषण गर्दा समस्या मात्र नदेखाई समाधानका उपाय समेत उल्लेख गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित