तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीको सैनामैनामा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने

रुपन्देही । शनिबारदेखि रुपन्देहीको सैनामैनामा प्रथम राष्ट्रिय खुला मेन्स डबल तथा भेट्रान ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा काठमाडौँ, कास्की, चितवन, मकवानपुर, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट ६० समूहको सहभागिता रहने छ ।

आज सैनामैनामा आयोजित पत्रकार सम्मेलनमा सैनामैना ब्याडमिन्टन क्लबका अध्यक्ष नन्दबहादुर थापाले नेपाली सेना र नेपाल प्रहरीका खेलाडीले नामसमेत दर्ता गरिसकेको जानकारी दिनुभयो ।

प्रतियोगितका लागि राष्ट्रिय खेलकुद परिषद्, ब्याडमिन्टनका सङ्घका प्रमुख प्रशिक्षक सुदीप योञ्जन, अम्पायर सुदीप शाक्य र उदय अर्याल रुपन्देही आइसक्नुभएको छ ।

क्लबले एक करोड ३१ लाखको लागतमा मुर्गियामा निर्माण गरेको कभर्ड हलमा हुने प्रतियोगिता संचालन गरिने खेल संयोजक धर्म न्यौपानेले जानकारी दिनुभयो ।

राष्ट्रिय खुला मेन्स डबलको पुरस्कारमा क्रमशः प्रथम ५१ हजार, द्वितीय ३५ हजार र तृतीयलाई २० हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

भेट्रानतर्फ क्रमशः प्रथम ३० हजार, द्वितीय २० हजार र तृतीयलाई १५ हजारसहित ट्रफी र प्रमाणपत्रको व्यवस्था गरिएको संयोजक न्यौपानेले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button