तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा थप एक जना कोरोना सङ्क्रमित पुरुषको मृत्यु

पाल्पा । पाल्पामा थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–६ का ४४ वर्षीय पुरुषको मृत्यु भएको हो । योसँगै पाल्पामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

उनको शुक्रबार दिउँसो २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालयका अनुसार ती पुरुषको लुम्बिनी मेडिकल कलेजको प्रयोगशालमा परिक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

उनमा संक्रमण पुष्टि भएपछि आफ्नै घरमै बस्दै आएको र समस्या बढि भएपछि पुन मेडिकल कलेज ल्याउँदा मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button