तपाईँ सुन्दै हुनुहुन्छः

हत्या गरी फालेको अवस्थामा एकजनाको शव फेला

वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नं ३२ टोल परसवा का बर्ष ४६ का सुरेन्द्र साह सोनारको विभत्स रुपमा हत्या गरी कुलोमा फालेको अवस्थामा आज शव बरामद भएको छ ।

सोनारको शव घर भन्दा तीन किलोमिटर टाढा कुलोमा आज विहान स्थानियहरुले देखेपछि मृतकका घरपरिवारलाई खबर गरेका थिए ।

त्यसपछि उनको घरपरिवारले प्रहरी चौकी मिलन चौकलाई जनकारी दिए । सोनार को घरपरिवारका अनुसार उनी राती देखि नै घरबाट बेपत्ता भएका थिए । उनको शव टाउकोमा गम्भीर चोट लागेको र रडले आँखा निकालिएको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि बिरगंज स्थित नारायणी अस्पताल पठाइएको इलाका कार्यलय प्रहरी पटेर्वा सुगौलीले जनाएको छ ।

घटनाका बारेमा हेटौडाबाट तालिम प्राप्त कुकुरहरुलाई ल्याई अनुसन्धान गर्ने कार्य भईरहेको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button