तपाईँ सुन्दै हुनुहुन्छः

नुहाउने क्रममा नदीमा डुबेर एक जना वृद्धको मृत्यु

अछाम  – अछाममा नुहाउने क्रममा नदीमा डुबेर एक जना वृद्धको ज्यान गएको छ ।

जिल्लाको बुढीगंगा नदीमा नुहाउने क्रममा शुक्रवार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका ७२ वर्षीय भन्द्र बहादुर स्वारकाे डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी याेगेन्द्रसिंह थापाले जानकारी दिनुभयो ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँ पुल बजार नजिकै नुहाउने क्रममा डुबेर स्वारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button