तपाईँ सुन्दै हुनुहुन्छः

ठुलो मात्रामा लागुऔषधसहित ६ पक्राउ

सुनसरी । सुनसरी प्रहरीले इटहरीबाट ठुलो परिमाणमा लागुऔषधसहित कारोबारमा संलग्नलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले आकस्मिक चेकजाँच गर्ने क्रममा वडा नं ६, ९ र १३ बाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत दरभंगा घर भई हाल जिल्ला सुनसरी दुहवी नगरपालिका वडा नं. ६ मा डेरा गरी बस्ने बर्ष २७ को ओम प्रकाश यादव, जिल्ला मोरङ जहदा गाउँपालिका वडा नं. ४ बस्ने उमेश कुमार मण्डल, सुनसरीको इटहरी ८ वीपी चोक बस्ने सनम बस्नेत, इटहरी १२ खनारका सागर काफ्ले र अमर सरदार, प्रकाश सरदारलाई ओमप्रकाश यादवसँग लागूऔषध किन्न आउने क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ट्रामाडोल क्याप्सुल १२ हजार ९ सय ६० क्याप्सुल एीब्ल्इप्ग्ँ १०० एमएलको ३० बोतल, नाइट्राभेट १० लेखिएको १६५० टयब्लेट र स्पास्पेन २४० क्याम्पसुल साथै, ६ थान मोवाइल र ८ हजार ३५ रुपैया वरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

पक्राउ परेका उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button