तपाईँ सुन्दै हुनुहुन्छः

महिला र पुरुष फुटवल खेलाडीको तलव बराबर

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाले महिला र पुरुष खेलाडीको तलव बढाएको छ । जसमा महिला खेलाडीको ५० प्रतिशत भन्दा बढि बढाएर पुरुष खेलाडी बराबर गरेकोे छ ।

एन्फाको कार्यसमितीको बैठकले पारित हुने गरेर पुरुष र महिला खेलाडीको तलव समान १८ हजार पुर्याएको छ । पछिल्लो पटक विश्वमा नै महिला र खेलाडीको तलव समान हुनुपर्छ भन्ने बहस चलिरहेका बेला एन्फाले पनि यसलाई केहि हदसम्म कार्यान्वयन गराउने बाटोमा अगाडी बढेको हो ।

अहिले पुरुषको तलव यसअघि पाउँदै आएकोमा तीन हजार बढाउने र महिलाको दोब्बर गर्ने प्रस्ताव लगेको थियो । जसलाई कार्यसमितीको बैठकले सहजै पास गरेको छ । पुरुष खेलाडीले यसअघि महिनाको १५ हजार पाउँदै आएका थिए भने महिला खेलाडीले सात हजार पाउने गरेका थिए ।

कोरोना भाइरसका कारण आर्थिक रुपमा त्यति सबल नरहेको अवस्थामा एन्फाले तत्कालका लागि पुरुष र महिलाको तलव बढाउने निर्णय गरेको हो । एन्फाले आफ्नो खातामा रहेको ५ करोड रुपैयाँ फिक्स डिपोजिटबाट आएको ब्याजबाट खेलाडी, कर्मचारीको तलव दिदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button