२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

फिफा वरियतामा नेपाल १७१ औँ स्थानमा यथावत

अजय वम २०७७ मंसिर २५ गते १८:१०

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार नेपालले १ सय ७१ औं स्थानमा यथावत रहेको छ । पछिल्लो एक महिनादेखि कुनै अन्तराष्ट्रिय खेल नखेलेको नेपालको वरियता समेत स्थिर रहेको हो ।

नेपाल सहितका दक्षिण एसियाली देशले अन्तराष्ट्रिय फुटबल खेल्ने पाएका छैनन् । सोही कारण सबैको वरियता यथावत रहेको छ । तर बंगलादेश वरियतामा दुई स्थान तल झरेको छ । गत हप्तामात्र बंगलादेशले विश्वकप छनोटमा कतारसंग खेल गुमाएको थियो । सोही कारण बंगलादेशको वरियता तल खस्किएको हो । दक्षिण एसियाली देशमध्य नेपाल भन्दा माथि रहेको माल्दिभ्सको १ सय ५५ औं स्थानमा छ । भारत १ सय ४ औं स्थानमा रहेको छ ।

नेपाल भन्दा तल रहेको दक्षिण एसियाली देश बंगलादेश १ सय ८६ औं स्थानमा छ । यस्तै, भुटान १ सय ८९, पाकिस्तान २ सय र श्रीलंका २ सय ६ औं स्थानमा छ । विश्व वरियतामा बेल्जियम शीर्ष स्थानमा यथावत छ । बेल्जियम लगातार तेस्रो वर्ष समेत फिफा वरियताको शीर्ष स्थानमा रहन सफल भएको हो । विश्व वरियतामा शीर्ष १० देशको स्थान घटबढ भएको छैन

सम्बन्धित