तपाईँ सुन्दै हुनुहुन्छः

अवैध लागुऔषध चरेससहित २ पक्राउ

बीरगंज   । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध लागु औषध पाँच किलो ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

सखुवाप्रसौनी गाउँपालिका वार्ड नम्बर २ श्रीपुर पंचगावामा इलाका प्रहरी कार्यालय पर्टेवासुगौलीबाट खटेको प्रहरी टोलीले चेकजांच गर्ने क्रममा बिआर २२ एपी ८८२३ नम्बरको मोटरसाइकलसहित पर्सागढी नगरपालिका वार्ड नम्बर ९ हरिहरपुरका २२ वर्षीय घनश्याम यादव , र ३७ वर्षीय भिम प्रसाद यादवलाई पक्राउ गरेको हो ।

पक्राउ परेका अभियुक्तहरूको साथबाट प्रहरीले लागु औषध चरेस पाँच किलो बरामद गरेको छ ।

बरामद गरिएको लागु औषध, मोटरसाइकलसहित अभियुक्तहरूलाई थप कारबाहीका लागि पर्सा प्रहरीको हिरासतमा राखिएको प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button