२०७८ साल मंसिर २२ गते बुधबार

तपाईँ सुन्दै हुनुहुन्छः

थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

रेडियो नेपाल २०७७ मंसिर २५ गते १६:२४

काठमाडौँ । देशभर आज थप १ हजार २ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थप १ हजार २ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४५ हजार छ सय ५० पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार ६४ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३१ हजार ६ सय एक जना रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार ६ सय ६३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित