तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या, एक जना पक्राउ

भद्रपुर, झापा । झापामा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गको मेचीनगर नगरपालिका–१३ चारआलीस्थित पाउ पाथिभरा मन्दिर अगाडिको कल्भर्टमुनि अर्जुनधारा नगरपालिका–११ निवासी ७० वर्षीया माइना हस्दाको शव आज बिहीबार विहान फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिनुभयो ।

हत्यामा संलग्न भएको आरोपमा झापा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–४ निवासी ३५ वर्षीय विशाल बिर्जा पक्राउ परेका छन् । कल्भर्टमुनि बृद्धाको शव फेला परेको भन्दै आरोपी बिर्जाले नै प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले बिर्जालाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा आफैले बुधवार राति बृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको डिएसपी थापाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button