२०७८ साल मंसिर २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा तथा महोत्तरीका किसानलाई ८५ प्रतिशत अनुदानमा गहुँको बिउ वितरण

अजय कुमार झा २०७७ मंसिर २५ गते १५:४९
जनकपुरधाम  । धनुषा तथा महोत्तरीको गरेर मानव सूचकाङ्कको दृष्टिकोणले पछाडि परेको चार गाउँपालिकामा विश्व बैङ्कको सहयोगमा नेपाल सरकारले लागु गरेको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना धनुषाद्वारा ८५ प्रतिशत अनुदानमा गहुँको बिउँ वितरण गरिइएको छ ।
आयोजनाको क्लष्टर इकाईले धनुषाको मुखियापट्टी मुसरनीया, धनौजी तथा महोत्तरी जिल्लाको पिपरा तथा एकडरामा गहुको बिउ वितरण गरिइएको आयोजनाका धनुषा क्लष्टर इकाई प्रमुख सुकेश्वर झाले जानकारी दिनुभयो ।
उन्नत जातको गहुँको बिउँ १० टन वितरण गर्ने काम भएको छ । गहुँको उत्पादन बढाउनका लागि किसानलाई गहुँ खेती गर्न प्रोत्साहित गर्ने उद्देश्यले एक गाउँमा २५ क्विन्टलको दरले गहुँको बिउँ किसानलाई ८५ प्रतिशत अनुदानमा वितरण गरिएको प्रमुख झाले जानकारी दिनुभयो ।
गहुँको बिउँको माग अत्यधिक मात्रामा भए पनि कार्यक्रम अन्तर्गत त्यति नै वितरण गर्ने लक्ष्य तोकिएकाले वितरण गर्ने काम भएको छ । दुवै जिल्लाका चार वटा गाउँ पालिकामा गरेर गरिब तथा विपन्न किसानको पहिचान गरेर २ सय ३५ वटा समूह वडा स्तरमा गठन गर्ने आयोजनाले किसानको जीवनस्तर सुधारका लागि विभिन्न प्रकारको काम गरिरहेको छ ।

सम्बन्धित