तपाईँ सुन्दै हुनुहुन्छः

बुटवलको विकासमा सङ्घ संस्थाले सहकार्य गर्ने प्रतिबद्धता

रुपन्देही ।  रुपन्देहीको बुटवल उपमहानगरले सञ्चालन गरेको हरियाली प्रवर्द्धन र सहरी सौन्दर्यीकरणमा वित्तीय, सामाजिक सङ्घ संस्था तथा क्लबहरूले सहकार्य गर्ने साझा प्रतिबद्धता जनाएका छन् ।
मुख्य सहरका सडकका डिभाइडरलाई सिँगारेर एकनासको हरियाली बनाइने योजना उपमहानगरको छ । तिनैमा बुद्धका जोडिएका प्रतिमा, रामापिथेकशको मूर्ति र कर्णेल उजिरसिंहका आकृति राखिने छ ।
सडक डिभिजन कार्यालय बुटवल र बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजना कार्यालय मणिग्रामको जिम्मेवारी र क्षेत्राधिकारमा रहेका बुटवल उपमहानगरपालिका क्षेत्र खण्डमा पर्ने सिद्धार्थ राजमार्ग र पूर्व–पश्चिम राजमार्गको डिभाइडरमा हरियाली प्रवर्द्धन गरिने छ ।
बुटवलमा पर्ने राजमार्ग खण्डको सडक बीचको भागलाई एकरूपतामा अनेक सुन्दरता कायम गर्ने गरी सहकार्यको सम्झौता भएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनुभयो ।
बुद्धाबलीको बुटवलको असली चिनारी गराउने गरी हरियालीसहितको सभ्यताको बुटवल, मानव सभ्यताको बुटवल, राष्ट्रिय स्वाभिमानका नायक कर्णेल उजिरसिंहको बुटवलको आकृतिले सडक डिभाइडर सिँगार्ने गरी सहकार्यको सम्झौता भएको प्रमुख सुवेदीले बताउनुभयो ।
बुटवलको हरियाली प्रबद्र्धनका साथै बुद्धाबलीको बुटवलका रुपमा चिनाउने प्रयासमा यहाँका सामाजिक सङ्घ संस्था, वित्तीय संस्था र क्लबहरूको सहकार्य मोडलको नयाँ अभियान सुरु गरिएको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button