तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रियसभाका अध्यक्षद्वारा श्रद्धाञ्जलि व्यक्त

file photo

गलकोट।राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले सङ्घीय सांसद मनकुमारी केसीकी आमाको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

अध्यक्ष तिमिल्सिनाले सांसद केसीकी आमा हरिकला खत्रीको निधन भएको नवौँ दिनको पुण्यतिथिमा उहाँकै निवास बागलुङ नगरपालिका–३ गुठी पुगेर आज बिहान उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

स्वर्गीय केसीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । खत्रीको ७७ वर्षका उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button