तपाईँ सुन्दै हुनुहुन्छः

प्रहरी भर्तीमा ‘सेटिङ’ गर्नेदेखि नक्कली परीक्षार्थीसम्म : ११ जना पक्राउ

सुर्खेत । सुर्खेतमा प्रहरी जवान भर्तीमा ‘सेटिङ’ मिलाउनेदेखि अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थीसम्म पक्राउ परेका छन् ।

प्रहरीले वीरेन्द्रनगर नगरपालिका–७, स्थित लोक सेवा आयोगको कार्यालयबाट बुधबार अर्काको नाममा परीक्षा दिने ७ जना नक्कली परीक्षार्थीसहित परीक्षामा ‘सेटिङ’ मिलाउने एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नक्कली परीक्षार्थी दैलेख भगवतीमाई गाउँपालिका–७, का २३ वर्षीय तिलक बिक, २५ वर्षीय दिपेन्द्र बिक, दैलेखकै गुरास गाउँपालिकाका–२, का १९ वर्षीय रामबहादुर कार्की, र चामुण्डा बिन्द्रासैनी नगरपालिका–५, का २० वर्षीय रमेश प्रसाद न्यौपाने, सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, का १९ वर्षीय याम पौडेल र जिल्लाकै पञ्चपुरी नगरपालिका–२, का १८ वर्षीय उत्तम विसी पञ्चपुरी नगरपालिका–१, का २० वर्षीय रुद्रप्रसाद शर्मासँगै नक्कली प्रशिक्षार्थी मिलाईदिने पञ्चपुरी नगरपालिका–२, का २१ वर्षीय दिपक कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

उनीहरुलाई प्राविधिक प्रहरी जवान संगीततर्फको परीक्षा दिइरहेको अवस्थामा नक्कली परीक्षार्थी भएको थाहा पाएपछि पक्राउ गरेर कारबाहीका लागि आवश्यक अनुसन्धान भई रहेको जिप्रका सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनु भयो ।

उहाँले मङ्सिर २० गतेदेखि सञ्चालित प्राविधिक प्रहरी जवान सङ्गीततर्फको परीक्षामा हालसम्म ११ जना नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरिएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button