तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक वुमेन्स कमिशन यौन दुव्र्यवहार र छाउप्रथाविरुद्ध उभिने

काठमाडौँ । नेपाल ओलम्पिक कमिटीअन्तर्गत ज्योति राणाका अध्यक्षतामा वुमेन्स कमिशनको ११ सदस्यीय समिति गठन भएको छ । कमिशनका अध्यक्षमा राणाको यो दोस्रो कार्यकाल हो । ओलम्पिक कमिटीको सातदोबाटोस्थित कार्यालयमा आयोजित कमिशन गठनको कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको कामना गर्नुभयो ।

कमिशनका अन्य सदस्यमा विमला पौडेल, हेल्गा राणा, नन्दा बस्याल, प्रमिलासिंह श्रेष्ठ, प्रतिमा शाह, रेणुका सिटौला, सुधा शाक्य, सुनकेशरी माली, प्रेमाडोल्मा लामा र गीता श्रेष्ठ हुनुहुन्छ ।

सो अवसरमा अध्यक्ष राणाले कमिशनले महिला खेलाडीको हितमा आवाज उठाउने तथा महिला खेलाडीप्रति हुन सक्ने यौन दुव्र्यवहारबारे जनचेतना जगाउने र छाउप्रथाबारे चेतनामूलक कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button