तपाईँ सुन्दै हुनुहुन्छः

सप्तरीको चाँदनी चौकबाट मोटरसाइकल चोरी

सप्तरी । सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका २ चाँदनी चौकबाट मंगलबार राती एक मोटरसाइकल चोरी भएको छ । स्थानीय जितेन्द्र साहको ज ३ प ४६६४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भएको हो ।

राती ९ बजे काम सकेर घरको बरण्डामा राखेको मोटरसाइकल चोरी भएको साहले जानकारी दिनुभयो । मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ प्रहरीलाई खबर गरेको उहाँले बताउँनुभयो ।

मोटरसाइकलको खोजतलास गरी संलग्न चोरलाई कानुनी कारवाहीका लागि ईलाका प्रहरी कार्यालय महुलीमा निवेदन पेश गरेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button