तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि च्यारिटी खेल हुने

चितवन । चितवनमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि च्यारिटी खेल हुने भएको छ ।

राष्ट्रिय टिमका खेलाडी र कलाकारबीच हुने खेलको आयोजना गृष्मा ब्रोडकास्टिङले गर्न लागेको हो । जसको जिम्मेवारी धुर्मुससुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाले लिएको छ ।

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि गर्न लागिएको यो खेल माघ २४ गते हुने भएको छ । राष्ट्रिय क्रिकेटरको टिममा पारस खड्कासहितका स्टार खेलाडी उत्रिनेछन ।

यस्तै कलाकारको टिमबाट सन्दिप क्षेत्री, नरेश पौडेल, रामकृष्ण ढकाल र प्रमोद खरेल लगायतका खेलाडी खेल्नेछन ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको क्रिकेट रंगशालाको प्यारापिटको फाउन्डेसनको काम लगभग सकिएको छ ।

अबको १८ महिनामा रंगशाला सम्पन्न गर्ने योजना धुर्मुस सुन्तली फाउन्डेसनले बनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button