तपाईँ सुन्दै हुनुहुन्छः

सर्वसाधारणका लागी निशुल्क स्वास्थ्य उपचारको माग

कास्की । कोभिड १९का कारण मानव अधिकार रक्षकका बीचमा जोखीम र चुनौती बढ्दै गएकोमा सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश पोखरा, शान्तिका लागी नागरिक समाजको सञ्जाल पोखरा, अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज पोखरामा आयोजना गरेको कोभिड १९ले मानव अधिकार रक्षकमा पारेको असर विषयक अन्तरक्रियामा सहभागिहरुले मानव अधिकारमैत्री समाज निर्माणका लागी सरोकारवाला सबै निकायहरु एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकार रक्षकको दायित्व र कर्तव्यका सन्दर्भमा संयुक्त राष्ट्र संघले घोषणा गरेको प्रतिवेदनमा भएका व्यवस्थालाई पालना गर्न सके मानव अधिकार रक्षकका जोखिम र चुनौतीहरु कम हुनसक्ने बताउनु भयो ।

शान्तिका लागि नागरिक समाजको सञ्जालका संयोजक विष्णु बरालले मानव अधिकारका सवालमा राज्यलाई थप जिम्मेवार बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो । टोल टोलमा मनोसामाजिक विमर्शकर्ता उत्पादन गर्न सके मानसिक समस्यालाई कम गर्न सकिने भन्दै गैर सरकारी संस्था महासंघका उपाध्यक्ष गोपाल खड्काले सर्वसाधारणका लागि निशुल्क स्वास्थय उपचारको आवाज मानव अधिकारकर्मीले उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभूवन पौडेल, मानव अधिकारकर्मी टंक खनालले मानव अधिकार संरक्षणका लागि सरकारी निकायसँग समन्वय र संवाद गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button