२०७८ साल मंसिर ११ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

किसानहरुलाई प्याज, मकै तथा तोरीको बीउ वितरण

उत्सव आचार्य २०७७ मंसिर २४ गते १६:२९

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाले किसानलाई उन्नत जातको प्याज, मकै तथा तोरीको बीउ पचास प्रतिशत अनुदानमा वितरण गरिरहेको छ ।

नगरपालिकाले अनुदानमा बीउ वितरण गर्नाले किसानहरुलाई ठुलो राहत मिलेको किसान लक्ष्मण सरदारले बताउनु भयो । नगरपालिकाले किसानको पक्षमा काम गर्न थालेपछि कृषि पेशा गर्न उत्प्रेरणा मिलेको सरदार बताउनु हुन्छ ।

किसानहरुलाई नगरपालिकाले बेला बेलामा अनुदानमा बीउ वितरण गरेर साना किसानहरुलाई ठुलो उपलब्धि भएको भन्दै खुशी व्यक्त गर्नुहुन्छ किसान सरस्वती देवी मण्डल । नगरपालिकाबाट लगेको बीउ खेतमा लगेर छरी राम्रो उत्पादन गर्न सफल भई राम्रो आम्दानी समेत गर्न सकेको मण्डल बताउनु हुन्छ ।

नगरपालिकाको कृषि विकास शाखाले बेला बेलामा किसानहरुलाई अनुदानमा उन्नत जातका बीउहरु वितरण गरी व्यवसायिक कृषि पेशामा उन्मुख गराउन सचेतना मुलक कार्यक्रम संचालन गरेपछि युवाहरुको आकर्षण कृषि पेशातर्फ लाग्न थालेको यादव बताउनु हुन्छ ।

त्यसैगरी, कञ्चनरुप नगरपालिकाका नगर प्रमुख वसन्तकुमार मिश्रले खेतीपातीमै आश्रित रहेका स्थानिय किसानलाई अनुदानमा बीउ वितरण गरी व्यवसायिक रुपमा स्थापित गर्ने लक्ष्यका साथ किसानहरुलाई प्याज, मकै र तोरीको बीउ वितरण गरिएको बताउनुभयो ।

सम्बन्धित