तपाईँ सुन्दै हुनुहुन्छः

थप १०५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि, १४८३ जना निको र १४ को मृत्यु

काठमाडौँ । देशभर आज थप एक हजार ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतकले दिनुभएको जानकारी अनुसार आज थप एक हजार ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ४४ हजार चार सय ३३ पुगेको छ ।

त्यस्तै देशभरका संस्थागत तथा होम आइसोलेसनबाट आज एक हजार चार सय ८३ जना कोरोना भाइरसको सङ्क्रमणबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या दुई लाख ३० हजार पाँच सय ३७ जना रहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा थप १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या एक हजार छ सय ५१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button