तपाईँ सुन्दै हुनुहुन्छः

कम्युनिष्ट आन्दोलनका संस्थापक नेता गौतमको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता माणिकलाल गौतमको  निधनले अत्यन्तै दुखित तुल्याएको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आज एक विज्ञप्ति जारी गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा विशेष गरी दाङ क्षेत्रमा पार्टी स्थापनादेखि नै लामो समयसम्म स्वतन्त्रता, सामाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर रुपमा उहाँले पुर्‍याउनु भएको योगदान अविस्मरणीय रहने बताउनुभयो ।
न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा उहाँले स्थापित गर्नु भएको निष्ठा र समर्पणप्रति हार्दिक सम्मान व्यक्त गर्दछु , प्रधानमन्त्रीले विज्ञप्तिमा उल्लेख गर्नु भएको छ ।
प्रधानमन्त्री ओलीले स्व. नेता गौतमको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पन गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button