तपाईँ सुन्दै हुनुहुन्छः

भरूवा बन्दुकसहित दुई जना पक्राउ

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा तीन थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

भरुवा बन्दुक घरमा लुकाइराखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिनुभयो ।

प्रहरी चौकी विर्घाबाट खटिएको प्रहरी टोलीले कालीगण्डकी–४ बराचौरका २४ वर्षीय शिवप्रसाद पाण्डे र मगर पँधेराका ६३ वर्षीय रिमबहादुर रानालाई पक्राउ गरेको हो ।

पाण्डेको घरबाट एक थान र रानाको घरबाट दुई थान गरी तीन थान भरुवा बन्दुक प्रहरीले परामद गरेको छ । पाण्डे र रानालाई हातहतियार तथा खरखजना सम्बन्धी” कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button