तपाईँ सुन्दै हुनुहुन्छः

महेन्द्रनगरमा बेवारिसे भेटिएका पुरुषको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको महेन्द्रनगरमा वेवारिसे अवस्थामा भेटिएका पुरुषको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारस्थित विपद व्यवस्थापन केन्द्र भएर बग्ने नहरमा वेवारिसे अवस्थामा फेला परेका अन्दाजी ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मंगलबार दिउँसो वेवारिसे अवस्थामा भेटिएका उनको उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको जानकारी दिनु भएको छ ।

उहांले मृतकको शव महाकाली अस्पतालमै राखिएको छ तर उनको पहिचान खुलेको छैन्। ती पुरुष अन्दाजी ५ फिट अग्लो, रातो सेतो जकेट, कालो ट्रयाक लगाएको र खाली खुट्टामा थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button