तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका तिन स्थानीय तहमा एक साथ नापी गर्ने तयारी

कञ्चनपुर । कञ्चनपुरका तिन स्थानिय तहमा एकै साथ भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन तयारी भएको छ । निर्वाचन क्षेत्र नं. २ अन्तरगतका स्थानिय पालिकाहरुमा दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई जमिनको मालिक वन्ने भएका छन ।

विगत लामो समय देखी यस क्षेत्रको प्रमुख चुनावी मुद्दाका रुपमा रहेको भूमिहीन, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या यस बर्ष सांसद धामीको पहल तथा निरन्तरको खबरदारी पछि सम्पन्न हुने तयारीले आम जनताहरुमा पनि खुसी भएका छन । कञ्चनपुर जिल्लाको निर्वाचन क्षेत्र नं. २ अन्तरगतका कृष्णपुर, शुक्लाफाँटा र वेतकोट नगरपालिकामा नापी कार्यलाई तिव्रता दिने तयारी भैरहेको स्थानिय निकायहरुले जनाएका छन ।

नेपाल सरकार भूमि सम्बन्धी समस्या समाधान आयोग र कृष्णपुर नगरपालिका बिच भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्न समझदारी सम्झौतामा हस्ताक्षर भैसकेको छ । कृष्णपुर नगरपालिकाले सम्झौता पछि स्थानिय जनप्रतिनिधि र स्थानिय राजनितिक दलहरुको सहभागितामा केन्द्रिय आयोगका पदाधिकारीहरुको उपस्थीतीमा प्रशिक्षण कार्यक्रम समेत यस अघि नै सम्पन्न गरि सकेको छ ।

देश भरीमा पहिलो चरणको कार्य प्रारम्भ गर्न १४ स्थानिय पालीकाहरु मध्येमा कञ्चनपुर जिल्लाको एक मात्र कृष्णपुर गरपालिका परेको हो । कृष्णपुरले नापी कार्यकालागि जनशक्ती व्यवस्थापनको कार्यलाई अघि बढाएको छ । कञ्चनपुरमा सबै भन्दा बढी भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको संख्या कृष्णपुर, शुक्लाफाटा र वेतकोट नगरपालिकामा रहेको स्थानिय तहरुको दावी रहेको छ । जिल्लाको निर्वाचान क्षेत्र नं. २ का स्थानियहरु यसै बर्ष जमिनको मालिक हुन पाउने कुराले निकै हर्षित भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button