तपाईँ सुन्दै हुनुहुन्छः

जिल्ला अस्पताल बझाङमा प्रसुती र इमरजेन्सी सेवा बाहेक सबै बन्द

बझाङ । जिल्ला अस्पताल बझाङमा प्रसुती र इमरजेन्सी सेवा बाहेक अन्य सेवाहरु पुर्ण रुपमा बन्द गरिएका छन् । शनिबार जिल्ला अस्पतालका ७ जना स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिए पछि जिल्ला अस्पतालका सेवाहरु बन्द गरिएका हुन ।

केही स्वास्थ्यकर्मीहरुमा कोरोना पोजेटिभ देखिएको र अझै संक्रमण फैलन सक्ने भन्दै अस्पतालको प्रसुती र इमरजेन्सी सेवा बाहेक अन्य सबै सेवाहरु बन्द गरिएको प्रेस बिज्ञप्ती जारी गरेर अस्ताललले जानकारी दिएको छ । अहिले जिल्ला अस्पताल बझाङ सुनसान छ भने प्रशासनिक फाटका कर्मचारी बाहेक अन्य ओपिडी सेवा, डेन्टल सेवा, परिबार नियोजन सेवा, बाल तथा मातृ सेवा, भिडियो एक्सारे सेवा, एक्सारे सेवा, ल्याव सेवा बन्द छन् ।

उपचारमा संलग्न रहेका कर्मचारीहरुलाई नै कोरोनाको संक्रमण देखिए पछि यी सबै सेवा बन्द गर्नु परेको जिल्ला अस्पतालका प्रमुख डा. सन्दिप ओखेडाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, स्थिती सामान्य भएपछि सेवा सुचारु ग्रिने छ ।

यसका साथै देउलेख प्राथमिक स्वास्थ्य चौकीमा समेत दुई जना स्वास्थ्यक्रर्मीहरुलाई कोरोना पोजेटिभ देखिए पछि प्रसुती र इमरजेन्सी सेवा बाहेकका अन्य सेवाहरु समेत बन्द गरिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button