फाल्गुनन्द जयन्तीका अवसरमा प्रधानमन्त्रीको शुभकामना
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा ट्वीटमार्फत सम्मान व्यक्त गर्नुभएको छ ।
‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु ।’ प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्