इलाका प्रहरी कार्यालयको भवन निर्माण अन्तिम चरणमा
बारा । बाराको सिमरामा ७ करोड ५० लाखको लागतमा निर्माणाधिन इलाका प्रहरी कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुुगेको छ ।
नेपाल प्रहरीको आधुनिकरण तथा सुदृढिकरण परियोजना अन्र्तगत सिमरामा निर्माण भइरहेको आवाससहितको प्रहरी कार्यालय निर्माणको अन्तिम चरण करिब ९५ प्रतिशत काम सम्पन्न भएको सब ईन्जिनीयर हरेराम साहले जानकारी दिनुभयो ।
९ कोठा १० धुर जग्गा क्षेत्रफलमा निर्माण भइरहेको प्रहरी कार्यालय भवनको हस्तान्तरण यसै हप्ता गर्ने गरी बाँकी रहेको फिल्ड सम्याउने, गेट, पार्किङ लगायतका बाहिरी काम मात्र बाँकी रहेको फिल्डमा खटिएका सब इन्जिनीयर साहले बताउनुभयो ।
बेलायती संस्था युनोप्सको सात करोड पचास लाख रुपैँया सहयोगमा निर्माण सम्पन्न हुन लागेको इलाका प्रहरी कार्यालय भवनमा कार्यालय, आवाससहित थुनुवा कक्ष, महिला प्रहरीहरुका लागि छुट्ठै ब्यारेक, सेवाग्राहीस्थल, पार्किङलगायत सबै सुबिधा अन्तराष्ट्रियस्तरको रहेको इलाका प्रहरी कार्यालयका सिमराका डिएसपी दिपक श्रेष्ठ बताउनुभयो ।
उहाँले अपाङ्ग महिलामैत्रीका साथै थुनुवा कक्ष अन्तराष्ट्रियस्तरको रहेको बताउनुभयो ।
साथै दुई तले कार्यालयमा १२ कोठा रहेका छन् भने तीन तले आवास भवनमा पनि १२ कोठा रहेको उहाँले बताउनुभयो ।
डिएसपी श्रेष्ठले ठेकदारले हस्तान्तरणको तयारी गरे पनि प्रहरीको इन्जिनीयरले सम्झौप्ता अनुसारको काम सम्पन्न भएको भनेपछि मात्र केन्द्र प्रदेशसँग समन्वय गरी उद्धघाटनको मिति निर्धारण गरिने बताउनुभयो ।
लामा निर्माण सेवा प्रालि.ले २०७६ जेष्ठबाट काम शुरु गरेको र १२ महिनाको अवधि भएपनि कोरोना महामारी र विभिन्न कारणले चार महिना ढिला गरी काम सम्पन्न गर्न लागेको हो ।
प्रतिक्रिया राख्नुहोस्