तपाईँ सुन्दै हुनुहुन्छः

प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरमा १५ बेडको आकस्मिक स्वास्थ्य सेवा सञ्चालन

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्र कंचनपुरले बुधबारदेखि १५ बेडको आकस्मिक स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ ।

नगर प्रमुख बसन्त कुमार मिश्रले आकस्मिक स्वास्थ्य सेवाको उद्घाटन गर्दै नगरबासीको सुविधाका लागि नगरपालिकाले आफ्नै लगानीमा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तर उन्नती गर्न लागि परेको बताउनु भयो ।

जनताका लागि राम्रो स्वास्थ्य प्रदान गर्न नगरपालिकाको जति रकम लागे पनि चाँडै विशेषज्ञ चिकित्सकहरुद्वारा सेवा प्रदान गर्ने समेत बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका हिरेन्द्र प्रसाद साहले स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने क्रममा सप्तरीमा कञ्चनरुप नगरपालिका पहिलो रहेकोमा धन्यबाद दिदै राम्रोमा राम्रो हुन स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साँथ काम गर्नुपर्ने बताउनु भयो ।

वि.सं. २०५३ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो ओपिडि सेवा, दन्त सेवा, आँखाको उपचार, कानको उपचारको सेवा समेत प्रदान गर्न थालिएकोमा केहि दिन अघि कोभिड अस्पताल समेत सञ्चालनमा ल्याएको र आज नगरबासीलाई सरल रुपमै २४ सै घण्डा ईमरर्जेन्सी सेवा प्रदान गर्नका लागि १५ बेडको आकस्मिक स्वास्थ्य सेवा सञ्चालन गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज खडकाले बताउँनु भयो ।

प्राथमिक स्वास्थ्य केन्द्रमा हाल २ जना एम.बिबि.एस डाक्टर , २ जना स्टाफ नर्स, ७ जना हेल्थ असिस्टिेन्ट, २ जना सिअहेव, २ जना अहेव, ४ जना अनमी, १ जना ल्याब टेक्नेसियन, १ जना ल्याब असिस्टिेन्ट, १ जना डेन्टल सर्जन, १ जना रेडियो ग्राफरले सेवा दिइरहेको स्वास्थ्य शाखाका सहसंयोजक डम्बर प्रसाद गुप्ताले बताउँनु भयो ।

नगरपालिकाले स्वास्थ सेवा विस्तारका लागि आ.व.२०७६÷०७७ मा ५० लाख र आ.व. २०७७÷०७८ मा ५० लाख रकम सहयोग गरेको समेत गुप्ताले जानकारी गराउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button