रुपन्देहीमा एकैदिन तीन सङ्क्रमितको मृत्यु
रुपन्देही । रुपन्देहीमा एकैदिन तीन जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । दुई जना बुटवलको कोरोना विशेष अस्पतालमा र एक जनाको तिलोत्तमास्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।
कोरोना विशेष अस्पतालमा बुटवल उपमहानगरपालिका ११ देवीनगरका ४७ वर्षीय पुरुष र बुटवल १७ मोतीपुरका ८१ वर्षीय पुरुषको बुधवार विहान मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।
यसैगरी तिलोत्तमा वडा नं २ निवासी ४७ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको छ । सङ्क्रमणपछि होमआइसोलेसनमा रहनुएका उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि आजै क्रिमसन अस्पतालमा लैजाँदै गर्दा मृत्यु भएको अस्पतालका सूचना अधिकारी शेखर पोखरेलले जानकारी दिनुयो ।
उहाँमा लामो समयदेखि श्वासप्रश्वास र प्रेसरको समस्या रहेको थियो । मृतकको शव तिलोत्तमा नगरपालिकाले व्यवस्थापन गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्