तपाईँ सुन्दै हुनुहुन्छः

काेराेना संक्रमणका कारण दुई जनाको मृत्यु

रूपन्ददेही–  काेराेना संक्रमणका कारण बुटवलमा आज बिहान दुइ जनाको मृत्यु भएको छ । बुटवल कोरोना बिशेष अस्पतालमा उपचाररत थप दुइ जनाको मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका ११ का ४७ वर्षीय पुरुष  र बुटवल उपमहानगरपालिका १७ मोतिपुरका ८१ वर्षीय पुरुषको आज बिहान ५ बजे कोरोना बिशेष अस्पताल बुटवलमा  उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा.विष्णु गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button