दोधारा–चाँदनीमा सुख्खा बन्दरगाहा अध्ययन समिति गठन
कञ्चनपुर । कञ्चनपुर– दोधारा–चाँदनीमा सुख्खा बन्दरगाहा निर्माणका लागि अध्ययन समिति गठन गरिएको छ । सुख्खा बन्दरगाहा निर्माणका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव प्रकाश दाहाल नेतृत्वको अध्ययन समिति गठन गरिएको हो ।
समितिले सुख्खा बन्दरगाहा निर्माणका लागि सम्भावित क्षेत्रहरुको अध्ययन गरि राय पेश गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले जानकारी दिनु भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सह–सचिव प्रकाश दाहाल नेतृत्वको अध्ययन समितिमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, नापी तथा मालपोतका प्रमुख सदस्य रहका छन ।
प्रतिक्रिया राख्नुहोस्