तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना अस्पताल निर्माणको लागि सहयोग गर्न आव्हान


बाँके । नेपालगन्जको भेरी अस्पतालमा कोरोना अस्पताल सञ्चालनमा ल्याउनको लागि पहल सुरु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको पहलमा सुरु गरिएको सो कार्यका लागि सहयोगी मनहरूलाई खुलेर सहयोग गर्न आग्रह गरिएको छ ।

सो प्रयोजनको लागि भेरी अस्पताल विकास समितिको नाममा रहेका राष्ट्रिय वाणिज्य बैङ्कको खाता नं.४१३०२०७०००७०१ मा मनकारी सहयोगीले यो खातामा आफूले गर्न चाहेको सहयोग जम्मा गर्न सक्ने छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक रामबहादुर कुरुम्बाङ्गले हालसम्म सो खातामा बाँकेका सबै राष्ट्रसेवक निजामती कर्मचारीले एक दिनको तलब जम्मा गरिसकेको जानकारी दिनुभयो ।

उहाँले बाँकेमा कोभिड–१९ को सङ्कट बढ्दो अवस्थामा रहेकोले सो सङ्कटबाट पार पाउनको लागि सबैको हातेमालो हुन आवश्यक रहेको भन्दै मनकारी सहयोगी मनहरूले खुलेर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button