तपाईँ सुन्दै हुनुहुन्छः

सर्लाहीको हरिपुरस्थित मजुर्वामा एक युवतीको शङ्कास्पद मृत्यु

सर्लाही । सर्लाहीको हरिपुर नगरपालिकामा एक युवतीको मृत्यु भएको छ ।

आइतबार वडा नं. ५ मजुर्वा बस्ने भुपनारायण चौधरीको अन्दाजी १८ वर्षीय छोरी मनिषा कुमारी चौधरीको शङ्कास्पद मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ ।

मृतक मनिषा कुमारीलाई परिवारले आज बिहान जिउँदै फेला पारिए पनि केही समयमा नै उनको मृत्यु भएको परिवारीक श्रोतलाई उदृत गर्दै इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम साहले जानकारी दिनुभयो ।

मृतक युवतीको घाँटीमा डोरीको डाम पनि छ र हल्का घाँटी काटिएको जस्तो भएकोले शव प्रकृति हेर्दा शङ्कास्पद रहेको हुँदा घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक साहले बताउनुभयो ।

युवतीको शवको पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button