तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँको ६९ वर्षीया वृद्धा कोरोना निको भई घर फिर्ता

तनहुँ । तनहुँको व्यास नगरपालिका–१ रतौली निवासी ६९ वर्षीया वृद्धाले कोरोना जित्नुभएको छ ।

वृद्धामा गत साउन ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचाररत वृद्धा शनिवार कोरोना मुक्त भएर घर फर्किनुभएको छ ।

‘आमा घर फर्किसक्नुभयो’ वृद्धाका एक आफन्तले भन्नुभयो ‘स्वास्थ्य अवस्था एकदम ठिक छ ।’

वृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि उहाँको परिवारका सदस्यको पनि पीसीआर परीक्षण गर्दा उहाँको छोरा, बुहारी र नाति नातिनीलाई समेत कोरोना पुष्टि भएको थियो । अन्य सबै सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको वृद्धाको पारिवारिक स्रोतले बताएको छ ।

पित्त थैलीको शल्यक्रियाका लागि पोखरा जानुभएको वृद्धाको साउन २७ गते स्वाब सङ्कलन गरी पीसीआर परीक्षणको गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button